एक महिनामा तीन अर्बको लगानी स्वीकृत « Khabarhub

एक महिनामा तीन अर्बको लगानी स्वीकृत


२४ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनकै अवधिमा विदेशी तथा स्वदेशीको लगानी रहने गरी उद्योगमा पौने तीन अर्ब रूपैयाँको लगानी भित्रिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पछिल्लो एक महिनाको अवधिमा स्वदेशी चार र विदेशी ११ गरी १५ उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागबाट ११ उद्योगमा ९२ करोड ७० लाख विदेशी लगानी र चार नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै लगानी चीनबाट भित्रिएको छ । चीनबाट सात उद्योगमा रु ७२ करोड ७० लाख तथा भारत, दक्षिण कोरिया, नेदरल्याण्डस र मलेसियाबाट पाँचपाँच करोड भित्रिएका छन् ।

उनका अनुसार मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्न उद्योगमन्त्रीको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्ति एवं सम्बन्धित क्षेत्रका विज्ञ रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १० : ५८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा