नेपालमा यो वर्ष सलहको प्रकोप नदेखिने कार्यदलको निष्कर्ष « Khabarhub

नेपालमा यो वर्ष सलहको प्रकोप नदेखिने कार्यदलको निष्कर्ष


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा यो वर्ष सलह किराको प्रकोप नदेखिने कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले निष्कर्ष निकालेको छ ।

मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

यो वर्ष सलहको हुल नेपाल नआए पनि आउँदा वर्षका लागि भने सावधानी अपनाउनु पर्ने प्रतिबेदनमा उल्लेख छ ।

वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलको निष्कर्ष छ।

विशेष समितिका संयोजक हुमागाईँका अनुसार सलहबारे लामो समयदेखि अध्ययन गरेका र उनीहरुको मार्गको पूर्वानुमान गर्ने विज्ञहरुसँगको परामर्श तथा मौसमी अवस्थाको विश्लेषणमा आधारित हुँदा यो वर्ष सलह नेपाल आउने सम्भावना छैन ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ११ : ११ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल