सरकारको काम गर्ने क्षमता र इमान्दारिता छैन – नेता रिजाल « Khabarhub

सरकारको काम गर्ने क्षमता र इमान्दारिता छैन – नेता रिजाल


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार असफल भएको दाबी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै सरकारसँग काम गर्ने क्षमता र इमान्दारी दुवै नभएको रिजालको टिप्पणी छ।

खर्च कटौती प्रस्तावमाथि बोल्दै प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद रिजालले बजेट आउनुभन्दा एक दिन अघि विद्युतीय गाडीलाई भन्सार नलिई छोडेकोबाट सरकार असफल भएको पुष्टि हुने दाबी गरे।

‘सरकारले जसरी एक दिनअघि बिजुलीबाट चल्ने गाडी छोड्यो, यसबाट आफू निकट व्यापारीहरुलाई र आफू कमाउनेमा लागेको पुष्टि भएको छ’, उनले भने, ‘यो घटनाबाट सरकारको इमान्दारीतामा प्रश्न खडा भएको छ।’

उनले सरकारको राजश्व उठाउन सक्ने क्षमता नभएको उनले टिप्पणी गरे। अर्थ मन्त्रालयको खर्च २५ अर्बबाट ८ अर्बमा ल्याउन उनले माग गरे।

‘हाम्रो अर्थतन्त्र जसरी संकटमा फस्दै छ। संक्रमण अब दश हजारभन्दा माथि जाने चिन्ता छ’, उनले भने, ‘क्वारेनटाइनमा बस्ने सबैलाई संक्रमण होला भन्ने, गाउँगाउँमा फैलेला भन्ने डर बढेको छ।’

पुरक अनुमानका आधारमा बजेट ल्याऊ भन्दा सरकारले नटेरेको भन्दै उनले यसले असर पर्ने बताए। कुल गार्हस्थ उत्पादन बढ्ने अवस्था नभएको र असार मसान्तसम्मको राजश्वको अनुमान गर्न नसकिएको अवस्था रहेकाले सरकारले काम गर्न नसक्ने उनले दाबी गरे।

अर्थ मन्त्रालयले राजश्व नै अनुमान गर्न सकेको छैन तर बजेट कसरी लेख्न सकियो भन्दै रिजालले आम्दानीभन्दा धेरै १९० अर्ब बढी खर्च भइसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

अब संक्रमणसँग लड्न १० अर्बभन्दा धेरै आवश्यकता हुने उनले बताए। ‘हिजो राज्यको ढुकुटी रित्तो छ भन्ने सरकारले अब कसरी खर्च गर्छ’, उनले भने, ‘अब विश्वास छैन, सरकारले खर्च गर्ने कुरामा।’

बिजुलीका योजना, मेलम्ची खानेपानी र पोखरा विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनामा खर्च हुने भनेको भए पनि सरकारले गर्न नसक्ने उनले दाबी गरे। सरकार यसका लागि सक्षम छैन भन्ने देखिइसकेको आरोप उनले लगाए। सरकार कोरोनासँग लड्नभन्दा कार्पेट बिछ्याउनमा व्यस्त भएको आरोप उनले लगाए।

‘सत्ताका मानिसहरु कुन धुनमा बाँसुरी बजाए राम्रो हुन्छ भनेर स्वर मिलाएर बसेका छन्’, उनले भने, ‘अब राष्ट्रिय अठोटको आवश्यकता छ। सबै मिलेर काम गरौं, तपाईंले मात्र यो संकट पार लगाउनुहुन्न।’

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १२ : ०१ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)