सरकारी खर्चमा भाषणकला सिकेको खुलेपछि फिनल्यान्डकी अर्थमन्त्रीले दिइन् राजीनामा | Khabarhub Khabarhub

सरकारी खर्चमा भाषणकला सिकेको खुलेपछि फिनल्यान्डकी अर्थमन्त्रीले दिइन् राजीनामा


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भाषणकलाको तालिम लिन सरकारी पैसा खर्च गरेको खुलासा भएपछि फिनल्यान्डकी अर्थमन्त्रीले राजीनामाको घोषणा गरेकी छन्।

यद्यपि कातरी कुलमुनी सरकारी गठबन्धनमा सम्मिलित सेन्टर पार्टीको नेतृत्वमा भने रहने छिन्।

फिनल्यान्डमा पाँच वटा पार्टीको गठबन्धनले सरकार चलाएको छ। पाँचै पार्टीको नेतृत्व महिलाले गरेका छन्। जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका छन्।

यसअघि सरकारी खर्चमा एक निजी संस्थाबाट कुलमुनीले भाषणकलाको तालिम लिएको खुलासा भएको थियो। दुई पटक गरेर सो तालिममा ५० हजार युरो खर्च भएको जनाइएको छ।

शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै कुलमुनीले सो घटनाको जिम्मेवारी लिएर आफूले राजीनामा दिने बताइन्।

प्रधानमन्त्री सन्ना मरिनले कुलमुनीको निर्णयलाई समर्थन गर्ने जनाएकी छन्।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ०४ बजे

एमाले अध्यक्ष ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्