नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार २३५ पुगेको जानकारी दिएका हुन् ।

शनिबार नयाँ थपिएका संक्रमित मध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विरागटनगरमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ । उनीहरु मोरङका २ जना १८ र २३ वर्षका पुरुष, सुनसरीका ४ जना २४ र ३५ वर्षकी महिला र ३८ र४५ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी सप्तरीका ५० वर्षीय पुरुष हुन् । यस्तै भरतपुरको कोरोना विशेष अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु नवलपरासीका क्वारेन्टाइनमा रहेका १८ देखि २७ वर्ष सम्मका पुरुषहरु हुन् ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनाको पोजेटिभ आएको छ । उनीहरु बाँकेका १२ जना २३ र ४१ वर्षकी महिला र ४ वर्षका बालक देखि ३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै बर्दियाका २८ जना रहेका छन् । उनीहरु २५ वर्षकी एक महिला र १५ वर्षका किशोर देखि ६० वर्ष सम्माका पुरुषहरु रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरीएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको छ  ।उनीहरुमध्ये कास्कीका ३ जना २३ देखि ५९ वर्षका रहेका छन् ।यस्तै स्याङ्जाका १० जना १६ देखि ५४ वर्षसम्मका, बाग्लुङका एकजना ३९ वर्षका पुरुष रहेका छन् ।

यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु सुनसरीका एक जना ३० वर्षका पुरुष, सप्तरीका ७ जना २ वर्षकी बालिका र २७ वर्षकी महिला र २ वर्षका बालकसहित ४० वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ आएको छ । उनीहरु बझाङका ६ जना ४० वर्षका २ जना महिला र २५ देखि ७० वर्ष सम्मका पुरुषहरु, कञ्चनपुरका एकजना ३८ वर्षका पुरुष, हाल कञ्चनपुरमा रहेका स्थायी ठेगाना काठमाडौं भएका २ जना १८ र ३८ वर्षका पुरुष, अछामकी ५२ वर्षकी महिला, कैलालीका २ जा ४१ र ५५ वर्षका पुरुष, डडेल्धुराकी २१ वर्षीया महिला रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४३ जना १८ महिने बालिका सहित ६० वर्ष सम्मका १० जना महिला र ५ महिनाको बालक सहित ४९ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।यस्तै डोल्पाका ५८ वर्षका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पताल तथा पशुपन्छि रोग अन्वेषण केन्द्रको प्रयोगशालमा ५७ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखका ४ जना १७ देखि २२ वर्ष सम्मका पुरुष, सुर्खेतका १० जना १७ देखि ५१ वर्ष सम्मका पुरुषहरु, जाजरकोटका ४ जना ३३ वर्षकी महिला र १९ देखि ५२ वर्ष सम्मका पुरुष, सल्यानका ३८ जना रहेका छन् । उनीहरु मध्ये एकजना २१ वर्षकी महिला र १४ वर्षका किशोर देखि ५७ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै रुपन्देहीको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये अर्घाखाँचीका एकजना ५० वर्षका पुरुष, कपिलवस्तुका ११ जना १९ देखि ५० वर्षसम्मका पुरुष, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना १९ देखि३८ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय २० जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये भक्तपुर कमलविनायकका एकजना ३१ वर्षकी महिला, धनुषामा क्वारेन्टाइनमा रहेका ८ जना व्यक्तिहरु १९ देखि ५४ वर्ष सम्मका पुरुषहरु, कपिलवस्तुको महाराजगञ्जमा रहेका ३९ जना ६ महिने बालिका देखि ५५ वर्ष उमेर सम्मका ७ जना महिला र ४ वर्षका बालक देखि ५३ वर्ष सम्मका पुरुषहरु रहेका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाका ४ जना रहेका छन् । उनीहरु ३१ र ३५ वर्षकी २ जना महिला, ३६ र ४६ वर्षका दुई जना पुरुष रहेका छन् । यस्तै महोत्तरीका ३५ जना रहेका छन् । उनीहरु २२ वर्षकी एक महिला, ११ वर्षका एक बालक देखि ५२ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यस्तै रौतहटका ६ जना दुई महिला र ४ जना पुरुष रहेका छन् । यस्तै सर्लाहीका २७ जना १६ देखि ३८ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै देशभरका क्वारेन्टाइनमा एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६५ पुगेको छ ।

मृतकको संख्या १३ पुग्यो

नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र  सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । योसँगै मृतकको संख्या १३ पुगेको हो ।

डोल्पाका पुरुष दमको रोगी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । उनकाे २१ जेठमा मृत्यु भएकाे थियाे । त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएकी र उनको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको देवकोटाले बताए ।

‘डायलाइसिस गराउन आउँदा कोरोनाको कुनै लक्षण उहाँमा थिएन,’ उनले भने, ‘परीक्षण गर्दा भने रिपोर्ट पोजेटिभ देखिएको हो ।’

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुष गरी १० जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ३२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६