फिल्मबाट गायब यी बलिउडकर्मी वेभसिरीजबाट ‘कमब्याक’ हुँदै « Khabarhub

फिल्मबाट गायब यी बलिउडकर्मी वेभसिरीजबाट ‘कमब्याक’ हुँदै


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथाम गर्न गरिएको लकडाउनले बलिउडमा अहिले कलाकारहरु वेभसिरीज देखा पर्ने क्रम बढ्दो छ ।

फिल्मी पर्दाबाट हराएका कलाकारको समेत वेभसिरीज मार्फत पुनरागमन भएको छ । डिजिटल दुनियामा अभिनय देखाउने अवसर पाएका बलिउडका दिग्गज कलाकार समेतको यसमा आर्कषण बढ्दो छ ।

बर्षाै फिल्मी पर्दाबाट गायब रहेका तथा फ्लप फिल्मका कारण ओझेलमा रहेका बलिउडकर्मीको सहारा वेभसिरीज बनेको हो । वेभसिरीज मार्फत पुनः चर्चामा आएका बलिउड कलाकार यस प्रकार छन् :

सुष्मिता सेन

मिस युनिवर्स १९९४ तथा चर्चित बलिउड अभिनेत्री सुष्मिता सेन बर्षाै फिल्मबाट ओझेलमा रहेपछि अहिले पूनः चर्चामा छिन् ।

उनले आफ्नो अभिनयलाई दर्शकमाझ ल्याउन वेभसीरीज रोजेकि हुन् । उनी आर्या नामक वेभ सिरीज मार्फत कमब्याक भएकि छन् ।

चन्द्रचुर सिंह
राम्रो अभिनेताका रुपमा आफुलाई बलिउडमा स्थापित गरेका चन्द्रचुर सिंह एक दुर्घटना पश्चात फेरी फिल्ममा जम्न सकेनन् ।

तसर्थ उनी पनि वेभसिरीज आर्या मार्फत नै कमब्याक भएका छन् । उनि लगातार फ्लप फिल्म मार्फत वेभसिरीजमा स्थापित हुने प्रयाशमा छन् ।

लारा दत्त

मिस युनिर्भस २००० तथा बलिउड अभिनेत्री लारा दत्त बलिउडमा सानातिना रोलमा देखा पर्दै आएकि छन् ।

प्रियंका चोपड़ासंगै फिल्मी करियर शुरु गरेकी लारा बलिउडमा खासै सफल हुन सकिनन् । तसर्थ उनी पनि हन्ड्रेड नामक वेभसिरीज मार्फत दर्शक माझ आएकि छन् ।

करिश्मा कपुर

फिल्मी पर्दाबाट गायब बनेकी कुनै जमानाकी चर्चित अभिनेत्री करिश्मा कपुर पनि वेभसीरीज मेन्टलहुड मार्फत कमब्याक गरेकि छन् । मेन्टलहुडलाई खासै राम्रो प्रतिकृया नमिले पनि करिश्माको अभिनयको भने तारिफ भएको छ ।

सैयामी खेर
हिन्दि फिल्म मिर्ज्याबाट बलिउडमा पाइला राखेकी सैयामी खेरले खासै राम्रो सफलता पाउन सकिनन् । पहिलो फिल्म नै फ्लप रहेपछि सैयामी वेभसिरीजको सहारामा अघि बढ्दै छिन् ।

स्पेशल ओपिएस र नेटफ्लिक्सको फिल्म चोक्ड मार्फत उनी दर्शक माझ आएकि छिन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : ५४ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन