३० लाख भाडा छुट गर्दै चितवन मावि « Khabarhub

३० लाख भाडा छुट गर्दै चितवन मावि


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको एक विद्यालयले एक महिना १५ दिनको भाडा बापतको ३० लाख रूपैयाँ छुट गरेको छ ।

कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो ।

सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक ५० लाख रूपैयाँ भाडा तिर्ने गर्दछ । त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ ।

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक रु तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उहाँको भनाइ छ । विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ ।

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ । यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ०९ बजे

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता