चीनमा प्लेग भेटियो, महामारीको सम्भावना कति ? « Khabarhub

चीनमा प्लेग भेटियो, महामारीको सम्भावना कति ?


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा प्लेग भेटिएको छ । प्लेग भएका व्यक्तिको लिम्फ नोडबाट सङ्कलित नमुना सूक्ष्मदर्शक यन्त्रबाट यस्तो देखिन्छ ।

चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन्।

सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ। उनी गोठाला भएको बताइएको छ।

अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन्।

ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ। तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ।

बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशङ्का गरिएको थियो।

तर उनलाई कसरी सङ्क्रमण भयो भन्ने स्पष्ट छैन।

तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ।

सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्लेग कसरी फैलिन्छ ?

विश्वमा बेलाबेलामा प्लेग देखा परिरहन्छ।

सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो।

गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो। मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो।

त्यहाँ मार्मटको काँचो मासु र मिर्गौला खाँदा स्वस्थ भइने लोकविश्वास भएको मङ्गोलियाको राजधानीमा कार्यरत विश्व स्वास्थ्य सङ्गठनका एक अधिकारीले बताएका थिए। तर उक्त जीवको सिकार अवैध हो।

मार्मटले प्लेग लगाउने सूक्ष्मजीव बोकेको हुन्छ र मङ्गोलियामा फेला परेका सङ्क्रमितहरूसँग यसको सम्बन्ध देखिएको छ।

के प्लेग महामारी फैलिन सक्छ ?

प्लेग भएपछि लिम्फ नोड अर्थात् जसीका ग्रन्थिहरू सुनिन्छन्। सङ्क्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ।

तर ब्यूबनिक प्लेग महामारी बनेर फैलिने सम्भावना न्यून हुन्छ।

“चौधौँ शताब्दीको तुलनामा अहिले यो रोग कसरी सर्छ भन्ने हामीलाई थाहा छ,” स्ट्यान्फर्ड हेल्थ केअरमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा. शान्ति काप्पागोडाले हेल्थलाइन नामक वेबसाइटलाई बताइन्।

“यसको रोकथाम गर्ने तरिका हामीलाई थाहा छ। हामी सङ्क्रमण भएका बिरामीको पनि प्रभावकारी एन्टीबायोटिक प्रयोग गरेर उपचार गर्न सक्छौँ।”

चौधौँ शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै पाँच करोड मानिसको मृत्यु भएको थियो।

सन् १६६५ मा प्लेग महामारीका कारण लन्डनमा बसोबास गर्ने २० प्रतिशत मानिसले ज्यान गुमाएका थिए।

उन्नाइसौँ शताब्दीमा चीन र भारतमा महामारी फैलिँदा एक करोड २० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो। बीबीसीबाट

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा