नेपोटिज्मबारे टाइगर श्राफले राखे यस्तो धारणा « Khabarhub

नेपोटिज्मबारे टाइगर श्राफले राखे यस्तो धारणा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस सिर्जना भइरहेको छ । कतिपय सेलिब्रेटीले नेपोटिज्मका कारण सुशान्तले आत्महत्याको बाटो रोजेको बताउँदै आएका छन् ।

भारतमा कैयन् सेलिब्रेटीलाई फ्यानले गाली गरिरहेका छन् । सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा लगायत स्टार ट्रोलको शिकार बनिरहेका छन् ।

यसैबीच ज्याकी श्राफका छोरा टाइगर श्राफले पनि यसबारेमा आफ्नो धारणा राखेका छन् । टाइगरले आउटसाइडरका तुलनामा स्टार किडलाई फिल्म क्षेत्रमा प्रवेश गर्न सजिलो भए पनि आफूलाई साबित गराउन झन् बढी दबाब हुने बताएका छन् ।

टाइगरले एक अन्तर्वार्ताका क्रममा भने – ‘सेलिब्रेटीको छोरो हुनाका कारण ममाथि धेरै दबाब छ, मान्छेलाई लाग्छ कि, हामीलाई निकै सजिलो होला ।’

‘म झुट बोल्दिनँ, एक तरिकाले दर्शकको ध्यान खिच्न सजिलो पनि छ, अर्कातिर आफूलाई साबित गर्न दोब्बर मेहनत गर्नुपर्छ,’ उनले भने ।

टाइगरले आफ्नो पिताको छायाबाट आफूलाई बाहिर निकालेको बताए ।

‘मेरा पिता ३० वर्षदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँले सफलता र असफलता सबै देख्नुभएको छ, मलाई उहाँले सानैदेखि ख्याल गर्नुभएको छ,’ टाइगरले भने, ‘अब म आफ्नै खुट्टामा उभिएको छु ।’

बलिउडमा कंगना रनावत, मनोज बाजपेयी लगायतका सेलिब्रेटीले बलिउडले आउटसाइडरलाई मौका नदिएको र आफ्ना नातेदार र आफन्तलाई मौका दिएको बताएका छन् । यता टाइगर श्राफ पनि यो आरोपको शिकार भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : २५ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ