दोहोरो अंकले बढ्यो नेप्से « Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ। सेन्सेटिभ परिसूचक ६ .३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ।

स्टकका अनुसार कुल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँमा कारोबार भएको छ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ। सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४ दशमलव ४७, होटल ७४.६७, विकास बैंक १४ .१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ।

स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ८० लाख ९१ हजार ७९३ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर चार करोड ८४ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड नौ लाख ९४ हजार ७५७ रुपैयाँ, एनएमबी बैंक दुई करोड ६० लाख २४ हजार ३४ रुपैयाँ, शिवम् सिमेन्टको दुई करोड ४९ लाख ५३ हजार १९४ रुपैयाँ र नबिल बैंक दुई करोड ४० लाख ७० हजार २८४ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहेको छ।

स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीले १०/१० प्रतिशतले कमाएका छन्। सूर्योदय लघुवित्त वित्तीय संस्था ९ दशमलब ९५, गरिमा विकास बैंक ९ दशमलब ८४, यूनाइटेड इन्स्योरेन्स ९ दशमलब ७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९ दशमलब ७०, सिद्धार्थ इन्स्योरेन्स ९ दशमलब ४५, आशा लघुवित्त वित्तीय संस्था ९ दशमलब २८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९ दशमलब १४ प्रतिशतले कमाएका छन्।

त्यस्तै, राधी विद्युत् कम्पनी ९ दशमलब ८९, बोटलर्स नेपाल तराई ५ दशमलब ८६, देवः विकास बैंक ५ दशमलब १६, जोशी हहाइड्रोपावर ३ दशमलब ९२, विशाल बजार कम्पनी ३ दशमलब ९१, खानीखोला हाइड्रोपावर ३ दशमलब ७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३ दशमलब ४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलब ३३ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ५२ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै