यसकारण काठमाडौं उपत्याकामा कोरोनाको जोखिम बढ्यो « Khabarhub

यसकारण काठमाडौं उपत्याकामा कोरोनाको जोखिम बढ्यो



– संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन ।
– काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
– काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् ।
– ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ ।
– दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
– विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।
– बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन ।
– सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।
– स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन ।
– आम नागरिकमा डर तथा सतर्कता हराउंदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृतिको रुपमा स्थापित छ ।

समाधानका उपाय –

– उपत्याका शिल गर्ने ।
– यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि PCR टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।
– विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा PCR टेस्ट गर्ने । संक्रमितलाई आइसोलेसनमा राख्ने । नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने ।
– सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने ।
– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने / दिने ।
– अनलाइन प्रबिधिलाई सकेसम्म बिस्तार गर्ने । गाहकलाई प्रशिक्षित गर्ने । टेलिमेडिसिन बिस्तार गर्ने ।
– यस्तो बिपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने । कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने ।
– प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर PCR टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने । पुलिंग मेथोड़बाट टेस्ट गर्न दवाव दिने । नीजि प्रयोगशालामा PCR टेस्ट गर्न दवाव दिने । दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन ।
– तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने । नागरिक आफैले सुरक्षाबिधि अपनाउने । जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ४३ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड