काठमाडौँ उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

काठमाडौँ उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले काठमाडौं उपत्यकामा बुधबार एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई बताए ।

‘बुधबार सवा ४ बजेको लाइभमा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो,’ कोइरालाले खबरहबसँग भने, ‘ बुधबार नै बेलुका ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएका छन् ।”

कोइरालाका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् ।

यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् । उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न कोइरालाले काठमाडौंबासीलाई आग्रह गरेका छन् ।

उनले अहिलेको अवस्थामा काठमाडौँ उपत्यकामा भिडभाड हुने स्थानमा नजान, अनिवार्यरूपमा मास्कको प्रयोग गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा कोरोना संक्रमण न्युनिकरणका लागि सरकारले पनि विशेष पहल गर्नुपर्ने कोइरालाले बताए । उनले भारतीय सीमानाका तथा काठमाडौँ उपत्यका भित्रिने नाकाहरूमा समेत विशेष कडाइ गर्नुपर्ने बताए ।

समुदायमा नयाँ देखिएका व्यक्तिहरूको निगरानी गर्न समुदायभित्र रहेका व्यक्ति आफैँ सक्रिय हुनुपर्ने पनि उनले बताए ।

उपत्यका बाहिरबाट आएका कोरोना संक्रमितहरूले काठमाडौँ उपत्यकामै रहेका आफ्ना परिवारका सदस्य र कार्यालयका सहकर्मीहरुमा समेत कोरोनाको जोखिम बढाइरहेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ४० बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक