काठमाडौँ उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं उपत्यकामा बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले काठमाडौं उपत्यकामा बुधबार एकैदिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई बताए ।

‘बुधबार सवा ४ बजेको लाइभमा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो,’ कोइरालाले खबरहबसँग भने, ‘ बुधबार नै बेलुका ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएका छन् ।”

कोइरालाका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् ।

यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् । उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न कोइरालाले काठमाडौंबासीलाई आग्रह गरेका छन् ।

उनले अहिलेको अवस्थामा काठमाडौँ उपत्यकामा भिडभाड हुने स्थानमा नजान, अनिवार्यरूपमा मास्कको प्रयोग गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

यस्तै काठमाडौँ उपत्यकामा कोरोना संक्रमण न्युनिकरणका लागि सरकारले पनि विशेष पहल गर्नुपर्ने कोइरालाले बताए । उनले भारतीय सीमानाका तथा काठमाडौँ उपत्यका भित्रिने नाकाहरूमा समेत विशेष कडाइ गर्नुपर्ने बताए ।

समुदायमा नयाँ देखिएका व्यक्तिहरूको निगरानी गर्न समुदायभित्र रहेका व्यक्ति आफैँ सक्रिय हुनुपर्ने पनि उनले बताए ।

उपत्यका बाहिरबाट आएका कोरोना संक्रमितहरूले काठमाडौँ उपत्यकामै रहेका आफ्ना परिवारका सदस्य र कार्यालयका सहकर्मीहरुमा समेत कोरोनाको जोखिम बढाइरहेको कोइरालाको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका