काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित भएका स्थानमा जोर विजोर लागू | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित भएका स्थानमा जोर विजोर लागू


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू भएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाएको हो ।

‘जोर विजोर सबैतिर हैन, बिहिबारदेखि नै लागू हुने गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने ।

गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।

जोर विजोर लागू भएसँगै फेरि सडकमा सवारी साधन पातलिएका छन् ।  जोर विजोर नियम अनुसार जोर दिन जोर नम्बरको र विजोर दिन विजोर नम्बरको सवारीसाधन सञ्चालन भए नभएकोबारे सुरक्षाकर्मीले बिहानैदेखि ठाउँठाउँमा चेकिङ सुरू गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लामा आजदेखि जोर विजोर नियम लागू भएको छ।

कतिपय सर्वसाधारणले भने समयमै सूचना नआएका कारण दुःख पाएको गुनासो गरेका छन् ।

राति ९ बजेपछि हिँडडुलमा पनि रोक

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।

यो प्रतिबन्ध काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकाको हकमा मात्र भएको गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोरविजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाई गर्ने निर्णयमा पुगेको हो ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ५२ बजे

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै

चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम 

काठमाडौं– नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी

बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह

ढाका– बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी

वीरगञ्जमा फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज– वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि