सप्तरीमा मृत्यु भएका ३ जनामध्ये एकमा मात्रै कोरोना पुष्टि « Khabarhub

सप्तरीमा मृत्यु भएका ३ जनामध्ये एकमा मात्रै कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  सप्तरीमा मंगलबार र बुधबार मृत्यु भएका तीन जना पुरूषमध्ये एक जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार कोरोना पुष्टि हुनेमा रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुष छन् ।

उनलाई अचानक उच्च ज्वरो तथा श्वासप्रश्वासमा  समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो । कोरोनाका लक्षणसँग मिल्दो समस्या देखिएपछि गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको यादवले जानकारी दिए ।

छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएका दुई जनामा कोरोना नभएको उनले बताए । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएका  डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय बृद्ध र राजगढ गाउँपालिकाका ८० वर्षीय वृद्धको मंगल राति मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : २७ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान