विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

एकै दिन ६ हजार ८३० जनाको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् ।

यस्तै एकै दिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ८७७ जनाको मृत्यु भएको छ । २९ लाख ६३ हजार ४८७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २७ हजार ६९१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५८ लाख ४८ हजार ६३७ पुगेको छ । त्यसमध्ये ३१ लाख ८ हजार २४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३ हजार ८५४ जनाको मृत्यु भएको छ । ४६ लाख ८५ हजार ९३२ जना संक्रमित भएकोमा ३५ लाख ११ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५२ हजार ७१६ जनाको मृत्यु भएको छ । ४४ लाख ५३ हजार १७९ जना संक्रमित भएकोमा ३० लाख ७१ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २१ हजार ६८३ जनाको ज्यान गएको छ भने ९ लाख ९७ हजार ६०२ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ७७ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २७२ जनाको मृत्यु भएको छ । २१ हजार २७९ जना संक्रमित भएकोमा १२ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ४५ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका