प्रचण्ड-माधव समूह 'ग्याङ अफ फोर' :  प्रधानमन्त्रीका सल्लाहकार  थापा | Khabarhub Khabarhub

प्रचण्ड-माधव समूह ‘ग्याङ अफ फोर’ :  प्रधानमन्त्रीका सल्लाहकार  थापा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले प्रचण्ड -माधव समूहलाई ‘ग्याङ अफ फोर’ को संज्ञा दिएका छन् ।

नेकपाका चार नेताको बुधबार भएको पत्रकार सम्मेलनलाई लक्षित गर्दै थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोवीघाट गठबन्धनको परिणामपछि माओवादी धार १ दर्जन समूहमा विभाजन र विघटन भएकोसमेत स्मरण गराएका छन् ।

अहिले १० वर्षपछि खुमलटारको रिहर्सल भन्दै थापाले लेखेका छन्, ‘यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल ।’

१० वर्षअघि माओवादी अध्यक्ष तथा तत्कालीन संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन बैद्य र नारायणकाजी श्रेष्ठको भेला भएको सन्दर्भ कोट्याउँदै थापाले बुधबारको प्रचण्ड-माधव समूहको पत्रकार भेटघाटको तुलना धोविघाट गठबन्धनसँगै तुलना गरेका छन् ।

राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा प्रचण्ड, पार्टी अध्यक्षमा माधवकुमार नेपाल, उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ हुनेगरी मोर्चाबन्दी भएको थापाको दाबी छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ०६ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका