के हो मिनरल्स ? किन शरीरलाई आवश्यक छ ? « Khabarhub

के हो मिनरल्स ? किन शरीरलाई आवश्यक छ ?


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई चाहिने पोषण मध्ये एक हो, मिनरल्स । यो प्रोटिन, भिटामिन तथा कार्बोहाइड्रेट जतिकै शरीरलाई अति आवश्यक हुन्छ ।

मिनरल्सले हाड बलियो बनाउनुका साथै मासंपेशीलाई दुरुस्त राख्न सघाउ पुर्याउँछ । मिनरल्सको अभावमा हर्मोनले समेत प्रभावकारी ढङ्गले काम गर्न सक्दैन ।

मिनरल्सको कारणमा शरीरमा तरल पदार्थ सञ्चालित हुन्छ । साथै हृदयको गति, उच्च रक्तचाप, नाडीको गतिलाई समेत यसले नियमित राख्दछ ।

मिनरल्सको अभावमा माइग्रेन, डिप्रेशन तथा मांसपेशी बाउडिने लगायतका समस्याहरु देखा पर्दछ । हाड, दाँतका लागी समेत मिनरल्स अति आवश्यक हुन्छ । अन्यथा जोर्नी अररो हुने, थकान लाग्ने, हड्डीमा पीडा हुने लगायतको समस्या देखा पर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मिनरल्स आवश्यक हुन्छ । साथै कपाल, छाला तथा नङ्गलाई पोषण प्रदान गर्न समेत मिनरल्स आवश्यक पर्दछ । यसले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ । पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट नामक मिनरल्सको आवश्यकता हुन्छ ।

मिनरल्स हामी खानाको माध्यमबाट प्राप्त गर्न सक्दछौ । नरिवल पानी, केरा, दूध, माछा तथा दाललाई मिनरल्सको स्रोत मानिन्छ । यस अलावा हरियो साजसब्जी, बदाम, होल ग्रेनमा पनि मिनरल्स पाउन सकिन्छ ।

दाल, ड्राई फुड्स, दूध, चीज, अंकुरित गेडागसडीबाट पनि मिनरल्स पाउन सकिन्छ । यी खानेकुराको सेवनले मात्र पनि शरीरलाई कैयौँ लाभ पुग्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै