थाहा पाउनुहोस् ओखर खाँदा हुने चामत्कारिक फाइदा « Khabarhub

थाहा पाउनुहोस् ओखर खाँदा हुने चामत्कारिक फाइदा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखरलाई हामी अन्य फलफूल झै खाने गर्दैनौ । यसलाई तिहारमा भाइमसला प्रयोग गरिन्छ । यो स्वास्थ्यबर्धक फल हो । तर यसको गुणबारे जानकारी नहुदाँ यसको उपभोग कमै मात्र मानिस गर्दछन् ।

ओखरले हाम्रो दिमागको वृत्तिविकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने मानिसमा भ्रम छ ।

ओखरले बौद्धिकता विकासका अलावा सम्पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यका लागि पनि अति उपयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्‍यौं भने यसले हाम्रो शरीरमा हुने कैयौं किसिमका रोगलाई भगाउन मद्दत गर्दछ ।

ओखरमा फाइबर, प्रोटिन, भिटामिन, म्याग्नेसियम, फस्फोरस र ओमेगा ३ जस्ता कैयौं पौष्टिक पाउने गरिन्छ । साथै यसको सेवनले क्यान्सर, मोटोपन र मधुमेह जस्ता रोगबाट समेत बचाउने गर्दछ ।

नियमित ३/४ वटा ओखर खाने मानिसमा यी रोगको सम्भावना कम हुनुका साथै वजन नियन्त्रणमा पनि सघाउ पुर्याउँछ ।

ओखरको सेवनले प्रतिरोधात्मक क्षमता, प्रजनन क्षमता र स्मरण शक्ति बढाउने गर्दछ । ओखरलाई पावर फुडको उपनाम समेत चिनिन्छ । यसमा हुने पोषणले मानिसमा स्टामिना बढाउन सहयोग गर्दछ ।

ओखरको सेवनले अनिन्द्राको समस्याबाट समेत बचाउँछ । साथै यो डाइटिङ गर्नेहरुका लागि आवश्यक पर्ने सबै किसिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले यसलाई डाइटिङमा फाइदाजनक मानिन्छ ।

ओखरको सेवनले हृदयको रोगबाट समेत बचाउने गर्दछ । यसले तनाव कम गरेर रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्दछ । यस अलावा ओखरमा ओमेगा ३ पाइने भएकाले शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गराउन सहयोग गर्दछ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ०३ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ