चाँडै विवाह बन्धनमा बाधिदै छिन् पुनम पाण्डे « Khabarhub

चाँडै विवाह बन्धनमा बाधिदै छिन् पुनम पाण्डे


२२ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो बोल्ड भिडियो र फोटोका कारण सँधै चर्चामा रहने बलिउड अभिनेत्री हुन् पूनम पाण्डे ।

उनले हालैमा आफ्नो प्रेमी सैम बम्बेका साथ इन्गेजमेन्ट गरेकी छन् । पुनम र सैम आफैले यसबारे सामाजिक सञ्जालमा जानकारी दिएका छन् । इन्गेजमेन्टको औंठीका साथमा पुनम र सैले लिएको सेल्फीलाई सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

सैमले हुनेवाला श्रीमती पूनम पाण्डेका साथमा इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्ट औठीका साथमा तस्बिर शेयर गरेका हुन् । उनले इन्स्टाग्राममा क्याप्सन राख्दै लेखेका छन्, अन्ततः हामीले यसो गर्यौ ।

यी दुईको तस्बिर सामजिक सञ्जालमा निकै भाइरल बनेको छ । सैम र पूनमका फ्यानले उनीहरुलाई विवाहका लागी अग्रिम बधाई दिएका छन् । यी दुबै चाँडै विवाह गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पूनम पाण्डे बलिउडकी चर्चित मोडल र अभिनेत्री हुन् । उनले सन् २०१३ मा रिलिज भएको फिल्म नशाबाट अभिनय यात्रा थालेकि थिइन् । यस पश्चात उनले तेलुगु फिल्म मालिनी एण्ड कम्पनी, हिन्दी फिल्म आ गया हीरो र द जर्नी अफ कर्मामा देखा परेकि थिइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १० : १९ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ