आज थपिए ३६० कोरोना संक्रमित, २३३ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ३६० कोरोना संक्रमित, २३३ डिस्चार्ज (विवरणसहित)

नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुग्यो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

६ हजार २९६ सक्रिय संक्रमित रहेको उनले बताए ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकजना, मोरङका एकजना र सुनसरीका १५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १५ जना, मोरङका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १० जना, सुनसरीका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २३ जना, महोत्तरीका एकजना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पर्साका ४१ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाजुराका ३ जना, गोरखाका ४ जना, काठमाडौंका २५ जना, कपिलवस्तुका २१ जना, सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, भोजपुरका २ जना, दोलखाका एकजना, काठमाडौंका १५ जना, काभ्रेका एकजना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका १३ जना मकवानपुरका ४ जना, रौतहटका एकजना, काठमाडौंका एकजना, रुपन्देहीका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषका एकजना, काठमाडौंका ३ जना, महोत्तरीका एकजना, नुवाकोटका एकजना, रामेछापका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, गुल्मीका एकजना, कंचनपुरका एकजना, काठमाडौंका ५ जना, काभ्रेका एकजना र उदयपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका एकजना र पर्साका एकजना, डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, वीरेन्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र काभ्रेका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका एकजना र पर्वतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा दाङका २ जना, कपिलवस्तुका एकजना, प्युठानका ५ जनामा कोरोना संक्रण्मा पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १० र रुपन्देहीका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका एकजना र मुगुका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका एकजना र डोटीका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ७ जना, बझाङका ३ जना कैलालीका २१ जना र कंचनपुरका एकजनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

२४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

बुधबारसम्म १५ हजार १५६ जनाले कोरोना जितेका थिए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ६५ पुगेको छ ।

काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्टि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ । सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा साबधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : ५९ बजे

सरकारसंग निर्माण व्यवसायीको ताकेता, बक्यौता रकम छिटो भुक्तानी दिनू

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो

काठमाडौं छाड्नेलाई सुझाव – फूलपातीअघि नै गाउँ जानोस् !

नेपाली नागरिकहरूलाई दशैं माहौले छोप्न थालिसकेको छ । दशैंका बेला

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा– आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ– मालपोत कार्यालयले आर्थिक वर्ष २०८०-८१ मा रु ३६ करोड