काठमाडौंमा एकैदिन थपिए ८७ कोरोना संक्रमित « Khabarhub

काठमाडौंमा एकैदिन थपिए ८७ कोरोना संक्रमित


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमाकाठमाडौंका २५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, काठमाडौंका १५ जना, ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका एकजनाका कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै वीरेन्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ । योसँगै विहीबारमात्रै काठमाडौं उपत्यकामा ८७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । बुधबार ३८१ जना थपिएका थिए ।

आज ६ हजार २९६ जनाको पीसीआर परिक्षण गरिएकोमा ३६० जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । आज २३३ जना निको भएका छन् ।

बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यसैबीच काठमाडौंमा कोरोनाको संक्रमण बढेको हुँदा बैठक, गोष्ठि नगर्न मन्त्रालयले अपिल गरेको छ । गर्नैपर्ने भए भर्चुअल बैठक गर्न समेत अनुरोध गरेको छ । त्यस्तै भारतीय  सीमा क्षेत्रमा पनि संक्रमण दर उच्च रहेको हुँदा सावधानी अपनाउन अनुरोध गरेको छ ।

स्बास संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ । जनस्वास्थ्यमा मापदण्ड पूरा गर्न पनि सुझाएको छ ।

अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने वातावरण मिलाउन सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । रोगको उपचार नहुने हुँदा रोग लाग्न नदिनु नै उत्तम हो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ४ : ५३ बजे

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई