पूर्ण लकडाउन तत्काल हुँदैन : प्रवक्ता खतिवडा « Khabarhub

पूर्ण लकडाउन तत्काल हुँदैन : प्रवक्ता खतिवडा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन् ।

उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने जानकारी दिए ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए ।

उनले भने, ‘सरकारले चैतमा घोषणा गरे जस्तो विधि अपनाएर तत्काल पूर्ण लकडाउन गर्ने सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’

मन्त्री खतिवडाले सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्‍ने बताए ।

काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ ।

यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए । यसैबीच मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिए ।

उनले लामो दूरीका यातायात खुल्ने, विद्यालय खोल्ने, हवाइ सेवा सञ्चालनको विषयमा जाने स्थिति नरहेको जस्तो नदेखिएको पनि बताए।

केही दिनभित्र सीसीएमसीको बैठक बसेर सबै कुराको समीक्षा गरेर मन्त्रिपरिषदबाट निर्णय हुने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा सबैमा सुरक्षा सतर्कता अपनाउन उनले अनुरोध गरे ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै