खेलाडी तथा प्रशिक्षक सम्मानित | Khabarhub Khabarhub

खेलाडी तथा प्रशिक्षक सम्मानित


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो वार्षिकोत्सवका अवसर पारेर उत्कृष्ट खेलाडी, प्रशिक्षक लगायतलाई सम्मान गरेको छ ।

२३ औं वार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाईभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा पुरुषतर्फ युनिस गौतम र महिला तर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षकमा रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदीयमान प्रशिक्षकमा विक्रम बाठा मगर रहेका छन् ।

यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ्ग जिल्ला सम्मानित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला “ज्वाला”, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटीएफका अध्यक्ष अञ्जन धमलाले विहीबार वर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेका हुन् ।

आईटीएफले आफ्नो वार्षिकोत्सवका अवसरमा खेल क्षेत्रका प्रतिभावान व्यक्तित्वलाई सम्मानका साथै सामाजिक कार्य समेत गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : १७ बजे

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई