वीर अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि « Khabarhub

वीर अस्पतालका एक चिकित्सकलाई कोरोना पुष्टि


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा एकजना चिकित्सकलाई कोरोना पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार अस्पतालमा कार्यरत ४७ वर्षका एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको आज बिहान स्वाब संकलन गरी वीर अस्पतालको प्रयोगशालामा नै परीक्षण गरिएको थियो । आज साँझ आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा सेञ्चुरीले बताए ।

डा सेञ्चुरीका अनुसार ती डाक्टर काठमाडौंकै स्थानीय हुन् । उनलाई ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि आज बिहान पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो । ती चिकित्सक अहिले वीर अस्पतालकै आइसोलेसनमा रहेका छन् ।

“हाम्रो अस्पतालका एकजना डाक्टरलाई पनि कोरोना पोजेटिभ देखियो,”डा सेञ्चुरीले भने, “ज्वरो आउने र पखाला लाग्ने समस्या देखिएपछि आज बिहान स्वाब संकलन गरी परीक्षण गरिएको थियो, रिपोर्ट पोजेटिभ आयो ।”

उनीसँगै कन्ट्याकमा आएका अन्य ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको डा सेञ्चुरीले बताए ।

ती डाक्टरको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कन्ट्याक ट्रेसिङको काम भइरहेको उनले बताए । उनीहरुको भने भोलि (शुक्रबार) कोरोना परीक्षण हुने डा सेञ्चुरीले बताए ।

डा सेञ्चुरीका अनुसार ती चिकित्सकसँगै हाल वीर अस्पतालको आइसोलेसनमा २ जना कोरोना संक्रमित उपचारत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ४१ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन