चुच्चेपाटीमा श्रीमती र छोरीमाथि ‘तारपिन’को तेल प्रहार « Khabarhub

चुच्चेपाटीमा श्रीमती र छोरीमाथि ‘तारपिन’को तेल प्रहार


२२ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको चुच्चेपाटीमा एक जनाले घरायासी विवाद हुँदा श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन् ।

तारपिनको तेल प्रहारबाट आमाछोरी घाइते भएको प्रहरीले जनाएको छ । मदिरा खाएका उनले बिहीबार राति श्रीमतीमाथि आक्रमण गरेका हुन् ।

आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई सो तेलले हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने, ‘श्रीमती र छोरीलाई तारपिन तेल प्रहार गरेको देखियो। थप अनुसन्धान भइरहेको छ ।’

उक्त  केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उपचारका लागि तिलगङ्गा आँखा अस्पताल लगिएको छ।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले तारपिन तेल प्रहार गरेको र उनलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञवालीले बताए ।

यसअघि, साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १० : १२ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर