भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ कीर्तिमान, थप ९० हजार संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ कीर्तिमान, थप ९० हजार संक्रमण


२१ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

आइतबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ५ : ४९ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार