यसकारण काँचो बेसारको गाँठो ‘बेसार-दूध’ बनाउन सबैभन्दा उत्तम « Khabarhub

यसकारण काँचो बेसारको गाँठो ‘बेसार-दूध’ बनाउन सबैभन्दा उत्तम


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसार भान्सामा रहने सबैभन्दा उत्तम एन्टिबायोटिक मध्ये एउटा हो ।

त्यसकारण हाड तथा शरिरमा हुने पीडा, चोट लागेको बेला अथवा खोंकी-रुघाले दुःख दिएको बेला परम्परागत तरिकाबाट बेसारबाट बनाइएका कुराहरु खाने गरिन्छ ।

बेसार मिसाएर तयार गरिने त्यस्ता खानेकुराहरुमा सबैभन्दा प्रिय तथा परिचित पेय पदार्थमध्ये एक हो- ‘बेसार-दूध’ ।

बेसार-दूध अत्यन्तै फाइदाजनक मानिएको छ । यो औषधीय घोल तयार पार्न अत्यन्तै सजिलो छ, तर के तपाईंलाई थाहा छ यो घोल हामी प्राय गलत तरिकाले तयार पार्छौं ।

अधिकांशले गर्ने एउटै गल्ती के हो भने दूधमा रेडिमेड बेसारको धूलो मिसाउनु । यो भन्दा काँचो बेसारको गाँठो प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

कसरी तयार पार्ने बेसार-दूधको घोल ?

विधि

बेसार-दूध बनाउनका लागि हामीमध्ये अधिकांशले प्रयोग गर्ने भनेको घरमैं रहेको बेसारको धूलोलाई तातो दूधमा मिसाएर तयार पारिएको घोल हो । तर तपाईंलाई यो थाहा पाएर अचम्म हुनुहुनेछ कि यसरी तयार पारिएको बेसार-दूधको घोल शरिरका लागि त्यती लाभदायक हुँदैन ।

बेसार-दूध बनाउने उत्तम उपाय भनेको काँचो बेसारको गाँठो प्रयोग गर्नु हो ।  यसलाई तयार पार्ने सही विधि यस प्रकार छः

  • बेसार-दूध बनाउनका लागि सबैभन्दा पहिले गाँठो बेसारलाई राम्री पखालेर सिलौटी अथवा मिक्स्चरमा पिस्नुहोस् ।
    एउटा भाँडोमा २ कप दूध तथा एक कप पानी राख्नुहोस, दूधमा पानी मिसाउँदा तापका कारण भाँडोमा दूधमात्र बाँकी रहनेछ भने पानी सुखिजाने छ ।
  • अब उम्लिंदै गरेको दूधमा बेसारको साना-साना टुक्रालाई राखिदिनुहोस् । अब बेसार राखिसकिएको यस दूधलाई कम्तीमा १५ देखि २० मिनेटसम्म मध्यम तापमा उमालिराख्नुहोस् । मध्यम तापमा बेसार मिसिएको दूर उमाल्नाले बेसारको सबै पोषकतत्व दूधमा राम्ररी मिसिन्छ ।
  • बेसार मिसिएको दूध राम्ररी उम्लिसकेपछि चिया छान्नेले छानेर गिलासमा राख्नुहोस् । यसरी छानिएको बेसारयुक्त दूध अब पिउनका लागि तयार छ ।
  • स्वादका लागि चुटकीजत्तीको कालो नुन तथा मरिचको धूलो पनि मिसाउन सक्नुहुनेछ ।
  • बेसार मिश्रित दूधले कोलेस्ट्रोल, घुँडा, कुहिनो, काँध, कम्मरको पीडा, कब्जियतको समस्याको समाधान गर्नुका साथै रगत सफा गर्न तथा वाथ रोगको समस्या भएकाहरुलाई फाइदा पुर्‍याउँछ । साथै शरीरमा रहेका विषाक्त पदार्थहरुलाई मल या मूत्रको मार्फत बाहिर निकाल्न सहयोग गर्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : १७ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना