कोरोनाविरुद्धको रुसी खोपले प्रतिरोधात्मक क्षमता बढाएको दाबी | Khabarhub Khabarhub

कोरोनाविरुद्धको रुसी खोपले प्रतिरोधात्मक क्षमता बढाएको दाबी


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले मानिसको शरीरमा भाइरससँग लड्ने क्षमता विकसित गरेको जनाएका छन् ।

खोपको परीक्षणबारे पहिलोपटक प्रतिवेदन सार्वजनिक गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् ।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख गरिएको छ ।

खोपबारे वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै गत अगस्ट महिनामा रुसले खोप प्रयोग गर्न अनुमति दिएको थियो ।

विज्ञहरूले खोपको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न उक्त परीक्षण निकै न्यून भएको बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै परिणामको प्रशंसा गरेको छ ।

केही पश्चिमा देशका विज्ञहरूले रुसले तीव्र गतिमा खोप निर्माण गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अनुसन्धानकर्ताहरूले खोप निर्माण कार्यमा पहिलो हुन रुसले कतिपय प्रक्रिया पूरा नगरेको आशंका व्यक्त गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप निर्माणका लागि आवश्यक सबै परीक्षण मापदण्ड पूरा गरिएको जनाएका थिए ।

उनले आफ्नी एक छोरीलाई पनि भाइरसविरुद्धको खोप दिइएको बताएका थिए । ‘स्पुतनिक–५’ नाम दिइएको खोपको दुइटा परीक्षण गत जुन र जुलाई महिनाबीचमा गरिएको जर्नलमा उल्लेख छ ।

प्रतिवेदनमा परीक्षणमा सहभागीहरूमा छोटो समयमा प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रतिक्रिया देखिएको उल्लेख छ ।

प्रतिवेदनअनुसार, सुरुवातमा ३८ जना स्वस्थ स्वयंसेवकमा भ्याक्सिन दिइएको थियो । त्यसको तीन हप्तापछि बुस्टर भ्याक्सिन दिइएको थियो । प्रयोगकर्ताहरू १८ देखि ६० वर्ष उमेर समूहका थिए । उनीहरूलाई ४२ दिनसम्म निगरानीमा राखिएको थियो । तीन हप्तामा सबैको शरीरमा एन्टिबडी विकास भएको पाइयो ।

परीक्षणमा सहभागी केही व्यक्तिहरूमा टाउको र जोर्नी दुख्नेजस्ता सामान्य साइडइफेक्ट देखिएका थिए । महामारी नियन्त्रणमा ल्याउन धेरै अध्ययन, परीक्षण र अनुगमन आवश्यक रहेको रिपोर्टले जनाएको छ । ‘स्पुतनिक फाइभ’ भ्याक्सिनमा सामान्य खालको फ्लु (कोल्ड) निम्त्याउने एडिनो भाइरस प्रयोग गरिएको छ । विभिन्न देशहरूमा भइरहेको तेस्रो चरणको परीक्षणमा चार हजार स्वयंसेवकहरू सहभागी छन् ।

दोस्रो चरणको परीक्षणमा सहभागीहरूमा एन्टिबडी विकास भए पनि कोभिडले असर गर्छ या गर्दैन भन्ने तथ्य प्रमाणित भने भइसकेको छैन । कोभिडविरुद्ध प्रयोगमा ल्याउन तेस्रो चरणको परीक्षणको नतिजा अध्ययन गर्नुपर्ने र अझै समय लाग्ने वैज्ञानिकहरूले बताएका छन् ।

यस्तै, परीक्षणमा ६० वर्ष उमेर समूहका व्यक्ति मात्रै सहभागी भएकाले उच्च जोखिममा रहेका ६० वर्षभन्दा माथिका व्यक्तिका लागि प्रभावकारी हुने कुनै प्रमाणहरू पुष्टि भइसकेका छैनन् । यसका लागि अझै विभिन्न परीक्षण गर्नुपर्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । तर, रसियन इन्भेस्टमेन्ट फन्डका प्रमुख किरल दिमित्रिभले रुसी खोपको अव्यावहारिक आलोचना गर्न यो पर्याप्त तर्क भएको भन्दै वैज्ञानिकहरूको भनाइलाई खण्डन गरेका छन् ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आगामी नोभेम्बर या डिसेम्बरमा उच्च जोखिममा रहेका व्यक्तिहरूमा समेत ‘स्पुतनिक फाइभ’ भ्याक्सिन प्रयोगमा ल्याउने बताएका छन् । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : ४० बजे

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६

निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित

दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार