कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ? « Khabarhub

कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म बजारमा आउँछ ? कति पर्छ ?


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकित बनेको छ । गतवर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका धेरै देशमा फैलिएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट २ करोड ६६ लाख मानिस संक्रमित भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७५ हजार पुगेको छ ।

कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यसलाई नियन्त्रणमा लिन विश्वका कैयन् देश यसको भ्याक्सिन निर्माणमा जुटेका छन् । विश्वभर ३४ कम्पनीहरुले कोरोनाविरुद्धको भ्याक्सिन तयार पारिरहेका छन्, यीमध्ये केही कम्पनीहरु अहिले तेस्रो चरणको परीक्षणमा छन् ।

रसियाले पनि हालै ‘स्पुतनिक भी’ नामक कोरोना खोपलाई अनुमति दिएको छ । उक्त खोपलाई विश्वकै पहिलो कोरोनाको खोप भनिएको छ ।
हालै उक्त खोपले परीक्षणका क्रममा सकारात्मक काम गरेको विवरण आएको थियो ।

विश्व स्वास्थ्य संगठनले हालसम्ममा विभिन्न कम्पनीले १ सय ४२ वटा खोपहरु निर्माण गरिरहेको बताएको छ । योमध्ये अक्सफोर्ड युनिभर्सिटी खोप एस्ट्रजेनकाले ठूलो मात्रामा कोरोना भ्याक्सिन तयार पारेको छ । यसलाई अहिलेसम्मकै उन्नत खोप पनि भनिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका भ्याक्सिन कम्पनी एस्ट्रजेनेकाले कम मूल्यमा कोरोनाको खोप प्रदान गर्ने बताएको छ । उक्त कम्पनीका एक अधिकारीका अनुसार अमेरिकामा भ्याक्सिनको मूल्य प्रतिडोज ४ रुपैयाँ पर्नेछ ।

भारतीय कम्पनीले पनि कोरोनाको खोप विकास गरिरहेको छ । भारतमा ठूलो मात्रामा बनाउने सेरम इन्स्टिच्युटले भारत र विकाशशील देशहरुका लागि कोरोनाको भ्याक्सिन उपलब्ध गराउनेछ ।

भारतमा यो खोपको मूल्य ३ डलर पर्ने जनाइएको छ । नेपालमा भने ३५० रुपैयाँ पर्ने जनाइएको छ । उक्त खोपलाई युरोपमा प्रतिडोज २.५ युरोसम्म पर्न सक्ने बताइएको छ ।

फ्रान्सले पनि कोरोना विरुद्धको भ्याक्सिन तयार पारिरहेको छ । फ्रान्सको सनोफी पाश्चर कम्पनीले निर्माण गरेको भ्याक्सिनलाई प्रतिडोज १० युरोसम्म पर्ने बताइएको छ । यसको नेपाली रुपैयाँ झण्डै १४ सय हुन आउँछ ।

त्यस्तै चिनियाँ कम्पनीहरु पनि कोरोना विरुद्धको भ्याक्सिन निर्माणमा लागेका छन् । चिनियाँ कम्पनी साइनाफार्मका प्रमुख लिउ जिङगजेनले उक्त खोप छिट्टै बजारमा आउने बताएका छन् ।

यो खोपलाई नेपाली १६ हजार रुपैयाँ पर्ने जनाइएको छ ।

यस्तै चीनकै मडर्ना कम्पनीले अगस्तमा उत्पादन गरेको खोपको प्रतिडोज ३३ देखि ३७ डलरसम्म पर्ने जनाइएको छ ।

अमेरिकी सरकारले पनि कोरोना खोपका लागि फिशर्च र बायोएन्टेक कम्पनीसँग सम्झौता गरेको छ । यो खोपको मूल्य अमेरिकी सरकारलाई प्रतिडोज १९.२० डलर पर्ने जनाइएको छ ।

कोरोनाको खोप विकासका क्रममा रहेकाले अझै कुन खोप बढी प्रभावकारी हुनेछ भनेर अहिले नै भन्न नसकिने विज्ञहरुले बताएका छन् ।

विज्ञहरुले कोरोनाको खोप सन् २०२० का् मध्यसम्ममा उपलब्ध हुने बताएका छन् ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  २ : २८ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१