९८० कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

९८० कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या ४६,२५७ पुग्यो


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये २९० जना महिला र ६९० जना पुरुष रहेका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, ओखलढुंगाका एकजना, झापाका २८ जना, ताप्लेजुङका एकजना, भोजपुरका एकजना, मोरङका २९ जना र संखुवासभाका ६ जना र सुनसरीका ८६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका १० जना, पर्साका २५ जना , बाराका ७३ जना, महोत्तरीका ३ जना,रौतहटका ८ जना, सप्तरीका ११ जना, सर्लाहीका ५ जना र सिरहका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९० जना, काभ्रेका एकजना चितवनका ३० जना, दोलखाका ७ जना, धादिङका १० जना, भक्तपुरका ३२ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २१ जना, गोरखाका ५ जना, तनहुँका ७ नवलपरासी पूर्वका १२ जना, लमजुङका २ जना, बाग्लुङका ३ जना र स्याङ्जाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ११ जना, कपिलवस्तुका ४ जना, दाङका ३ जना, नवलपरासीका २ जना, पाल्पाका १९ जना,प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका ६ जना र रुपन्देहीका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका २ जना, जुम्लाका ५ जना, दैलेखका २ जना र सुर्खेतका ४४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ११ जना, कंचनपुरका ३ जना, कैलालीका २१ जना, डडेल्धुराका २ जना र बझाङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : ४२ बजे

सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न विक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही

काठमाडौं– दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति,

तराई–मधेश क्षेत्रमा आज जितिया पर्व मनाइँदै

काठमाडौं– नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध

गण्डकी– पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको