२६ किलो अफिमसहित ५ पक्राउ « Khabarhub

२६ किलो अफिमसहित ५ पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश प्रहरीले २६ किलो लागूऔषध (अफिम)सहित पाँच जनालाई पक्राउ गरेको छ ।

जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानबाट २६ किलो अफिमसहित पाँचजनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार भदौ २० गते रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-५, जलिगार्डबाट १६ केजी लागुऔषध (अफिम) तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका-९, जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेका छन ।

त्यस्तै सोही दिन नै नलगाड नगरपालिका-२, छेप्काबाट १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको एसएसपी बास्तोलाले बताए ।

पक्राउ पर्नेमा नलगाड-३, का ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातापानी गाउँपालिका-५ का ५५ वर्षीय हरिचन्द्र डाँगी रहका छन ।

उनिहरुबाट ५१ हजार ९५० रुपौँया नगद र दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ०६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ