आज मंगल चौथी, भगवान् गणेशको विशेष पूजाआजा « Khabarhub

आज मंगल चौथी, भगवान् गणेशको विशेष पूजाआजा


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज मंगल चौथी । भगवान् गणेशको विशेष पूजाआजा गरी मनाइदैछ ।

भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ।

मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।

कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु अघि हिन्दु धर्म संस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्दछन् ।

भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन् । आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ४५ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर