मंगलबार बिहानै थप ४ कोरोना संक्रमितको मृत्यु « Khabarhub

मंगलबार बिहानै थप ४ कोरोना संक्रमितको मृत्यु


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ, सुनसरी र चितवनमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ ।

मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले बताए ।

उनका अनुसार मृतक दुबै पुरूषमा अन्य रोगको पनि समस्या थियो । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा सुगरको समस्या रहेको उनले बताए ।

पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कानेपोखरीका ती पुरूष सोमबार दिउँसो उपचारका लागि नोबेल अस्पतालमा भर्ना भएका थिए ।उनमा सोमबार साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै छ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको उपचारका लागि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।

चितवनमा संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

धरानमा थप एकको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको आज विहान ४:२० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा सुगर रोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । यद्यपि यो विवरणलाई स्वास्थ्य मन्त्रालयले समावेश गरिसकेको छैन । मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५५४ पुगिसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ४४ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही