कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढे « Khabarhub

कोरोनाका कारण आयुर्वेद उपचार गराउने बढे


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौँडामा उपचार तथा परामर्श लिनेको सङ्ख्या बढ्दै गएको छ।

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै औषधालयमा उपचार गराउन आउनेको सङ्ख्यामा पनि वृद्धि भएको बताइएको छ।

रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोगी हुने विश्वासले वर्तमान समयमा आयुर्वेदप्रति मोह जागेको त्यहाँका कर्मचारीहरूले बताएका छन्। उपचार गराउने र औषधी सेवनको सङ्ख्या बढेपछि त्यहाँ औषधी, जनशक्ति र बजेटको समस्या आएको औषधालयका सूचना अधिकारी वैकुण्ठ आचार्यले बताएका छन्।

चालू आर्थिक वर्षको साउनदेखि असोज १५ गतेसम्ममा करिब २ हजारले स्वास्थ्य सेवा प्राप्त गरेको औषधालयको विवरणमा उल्लेख छ। कोरोना सङ्क्रमण बढेपछि २०७६/७७ मा ८ हजारभन्दा बढीले उपचार सेवा लिएका छन् भने यसअघि २०७५/७६ मा ७ हजार ७०० ले उपचार सेवा लिएका थिए।

कोरोना सङ्क्रमणको उपचार तथा परामर्श र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेद विभागले पठाएको निर्देशनानुसार काम भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन्। क्वारेन्टिनमा बसेकाहरूलाई त्यहाँ उपचार तथा परामर्श दिने काम भइरहेको पनि बताइएको छ।

क्वारेन्टिनमा बसेका शङ्कास्पद बिरामीहरूलाई अश्वगन्धा चूर्ण, गुर्जो चूर्ण, मधु चूर्ण, चिथोपल्लाजी चूर्णको प्रयोगसहित आवश्यक परामर्शसमेत दिने गरिएको छ। त्यस औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामीझाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको बताइएको छ।

औषधालयमा फिजियोथेरापी, प्रयोगशाला सेवा र पञ्चकर्मअन्तर्गत पूर्वकर्मसेवा र शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा रहेको छ। आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ३५ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,