कतारले २०२१ को सुरुवातमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने « Khabarhub

कतारले २०२१ को सुरुवातमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने



दोहा- कतारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सबैलाई खोपले अनुमति पाउने बित्तिकै निःशुल्क उपलब्ध गराउने जनाएको हो ।

हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख डा. अव्दुल्लाह अल खालले यसका लागि कतारले केही हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रबन्ध गर्ने प्रयास गरिरहेको जानकारी दिएका छन् ।

कतार ट्रिव्यूनका अनुसार खोपले अनुमति पाउने बित्तिकै कतारले प्राप्त गर्नेगरी स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको छ । यसका लागि फिजर कम्पनीसँग यस अगाडि नै खोप उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिसकेको समेत उनले बताए ।

सो कम्पनी कोभिड-१९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका विभिन्न कम्पनीहरु मध्ये एक हो । सो कम्पनीले तयार पारेको खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ ।

उक्त खोप विभिन्न मुलुकका ४४ हजार व्यक्तिमा परीक्षण हुँदैछ । यो खोपले अक्टोवर वा नोभेम्वर महिनामा आम रुपमा लगाउन अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको खालले बताए ।

कतारले डिसेम्वर महिनासम्ममा वा सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास ब्यक्त गरेको छ।

कतारमा पछिल्लो २४ घण्टामा थप २५१ जनामा कोरोना संक्रमण देखा परेको छ भने २२९ जना निको भएर घर फर्किएका छन् ।

योसंगै कतारमा कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख २६ हजार ९ सय ४३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या १ लाख २३ हजार ८ सय ९३ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको छ जसमध्ये १८ नेपाली पनि छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ५४ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु