युरोपा लिगमा आर्सनलको शानदार जित « Khabarhub

युरोपा लिगमा आर्सनलको शानदार जित


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले शानदार जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा आर्सनलले पुनरागमन जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा २२औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए ।

तर, ४५औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरी पुग्यो ।

खेलको ६२औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २-१ को अग्रता बनायो ।

७०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । ८८औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४-१ को जित दिलाए ।

जितसँगै आर्सनलले लगातार तेस्रो जित निकाल्दै ९ अंक जोडेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ४७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत