युरोपा लिगमा लेस्टर सिटिको लगातार तेस्रो जित « Khabarhub

युरोपा लिगमा लेस्टर सिटिको लगातार तेस्रो जित


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब लेष्टर सिटीले लगातार तेस्रो जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको पोर्चुगिज क्लब ब्रागालाई ४-० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।

घरेलु मैदानमा लेष्टरले २१औँ मिनेटमा केलिची इहिनाचोको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ४८औँ मिनेटमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए ।

खेलको ६७औँ मिनेटमा डेनिस प्राएटले गोल गर्दै लेष्टरलाई ३-० को अग्रता दिलाए । ७८औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेष्टरलाई ४-० को जित दिलाए ।

जितसँगै लेष्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ‘जी’ को लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । लेष्टर समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ८ : ५२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत