कोरोना संक्रमित बढेपछि म्याग्दीका तीन स्थानीय तह बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि म्याग्दीका तीन स्थानीय तह बन्द


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन् । मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन् ।

धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो । मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मङ्सिर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको जानकारी दिए ।

छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मङ्गलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो । मङ्गलाका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि एक हप्ताका लागि बन्द गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताए ।

दरवाङका एक सुरक्षाकर्मीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ । सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ ।

बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या भएको छ । सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लोपटक थपिएकासहित म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या १०८ जना पुगेको छ । सक्रिय सङ्क्रमित ३५ जना छन् ।

करिब दुई हजार स्वाबको नमूना परीक्षण गरिएको छ । गत हप्ता बेनीका एक वृद्धको कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी असोज तेस्रो साता धौलागिरि गाउँपालिका–७ का एक वृद्धको पनि पोखरामा कोरोनाका कारण ज्यान गएको थियो ।

यसैगरी मालिका गाउँपालिकाले दरबाङमा कोरोना सङ्क्रमितको उपचारका लागि पाँच शय्याको कोरोना अस्पताल र १५ श्यया क्षमताको प्रिआइसोलेशन कक्ष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन ।

“जनप्रिय माविको आधारभूत तहको भवनका छ वटा कोठामा कोरोना अस्पताल र प्रिआइसोलेशन बनाएका हौँ”, उनले भने, “त्यहाँ इन्टरनेट जोडेर वाइफाइको समेत व्यवस्था गरेका छौँ ।”

लक्षण नभएका सङ्क्रमितलाई प्रिआइसोलेशन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी र सङ्क्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताइन ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ३४ बजे

कांग्रेसको प्रशिक्षणमा विज्ञको निष्कर्ष– ०४६ पछि पार्टी बिग्रिँदै गयो

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य

रास्वपा संसदीय दलको बैठक बुधबार, के–के छन् एजेन्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसदीय दलको बैठक

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको जिएसपी प्रमाणपत्र

काठमाडौं – नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल

कांग्रेसमा प्रस्ताव– हरेकले ५ नयाँ साथी बनाऔँ, २ जनालाई रूखमा भोट हाल्न लगाऔँ 

काठमाडौं– नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई गृहजिल्ला फर्किएपछि पाँच

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

डुम्रे – प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा एक महिने महामहोत्सव