नेकपा अन्तर्विरोध : प्रचण्डले दिउँसो ३ बजेलाई बोलाए सचिवालय बैठक « Khabarhub

नेकपा अन्तर्विरोध : प्रचण्डले दिउँसो ३ बजेलाई बोलाए सचिवालय बैठक


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘आज सचिवालयको अनौपचारिक बैठक हो । दिउँसो ३ बजे धुम्बाराहीमा छलफल हुनेछ । समग्रमा पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी हुनेछ ।’

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयका सदस्यलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएका हुन् ।

नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् ।

आजको बैठकपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङलाई पनि अध्यक्ष प्रचण्डले सचिवालय सदस्यसँग छुट्टै छलफल गर्ने जानकारी दिएका छन् ।

भेटका क्रममा प्रचण्डले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली बाहेक अन्य सबैलाई निम्तो गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ४९ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको