क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि « Khabarhub

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ ।

राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् ।

हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए ।

खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उनको भनाइ छ । यस अघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो । कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो ।

प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : २३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ