काठमाडौं उपत्यकामा थपिए १३३८ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १३३८ कोरोना संक्रमित


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएकामा ५७०महिला र ७६८ जना पुरुष रहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना गरी उपत्यकामा कुल १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै आज देशभर उपत्यकाका १३ सय ३८ सहित २९ सय ९ जनामा कोरोना भाइरस ( कोभिड -१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन्। शुक्रबार ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाबाट १ हजार ७० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ४२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति