नेकपा फुटाउने सपना नदेखे हुन्छ : वरिष्ठ नेता नेपाल « Khabarhub

नेकपा फुटाउने सपना नदेखे हुन्छ : वरिष्ठ नेता नेपाल


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गरेका छन् ।

धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन् ।

“नेकपा फुटाउने सपना नदेखे हुन्छ । त्यति कमजोर धरातलमा छैन । सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं । यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ,” उनले भने ।

उनले नेकपा कमजोर जगमा उभिएको पार्टी नभएको बताउँदै उनले भने,  ‘बहुत बलियो जगमा, अनेकौं उतार चढावबाट गुज्रिँदै अगाडि बढेको पार्टी हो। कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन ।’

उनले पार्टीभित्र देखिएका समस्याहरुको निकास बैठक बसेरै निस्किने बताउँदै अहिलेको समस्याको समाधान पनि पार्टी कमिटीको बैठक बसेर निकालिनुपर्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य उपस्थिति थिए।

प्रचण्डसहित झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतम उपस्थित बैठक करिब डेढ घण्टा चलेको थियो।

बैठकले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर औपचारिक बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३८ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक