नेकपा फुटाउने सपना नदेखे हुन्छ : वरिष्ठ नेता नेपाल « Khabarhub

नेकपा फुटाउने सपना नदेखे हुन्छ : वरिष्ठ नेता नेपाल


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गरेका छन् ।

धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उनले यस्तो बताएका हुन् ।

“नेकपा फुटाउने सपना नदेखे हुन्छ । त्यति कमजोर धरातलमा छैन । सचिवालय सदस्य जति अनौपचारिक छलफलमा उपस्थित छौं । यो पार्टी एकताको लागि जुटेका हौं, फुटाउने सपना कसैले नदेखे हुन्छ,” उनले भने ।

उनले नेकपा कमजोर जगमा उभिएको पार्टी नभएको बताउँदै उनले भने,  ‘बहुत बलियो जगमा, अनेकौं उतार चढावबाट गुज्रिँदै अगाडि बढेको पार्टी हो। कुनै एउटा व्यक्तिले चाहेर, थोरै व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन ।’

उनले पार्टीभित्र देखिएका समस्याहरुको निकास बैठक बसेरै निस्किने बताउँदै अहिलेको समस्याको समाधान पनि पार्टी कमिटीको बैठक बसेर निकालिनुपर्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य उपस्थिति थिए।

प्रचण्डसहित झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतम उपस्थित बैठक करिब डेढ घण्टा चलेको थियो।

बैठकले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर औपचारिक बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३८ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित