रौतहटमा आज राति १२ बजेदेखि निषेधाज्ञा  « Khabarhub

रौतहटमा आज राति १२ बजेदेखि निषेधाज्ञा 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- कोरोना संक्रमणको जोखिम बढेपछि  जिल्ला प्रशासन कार्यालय रौतहटले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका छन्।

तराईमा भव्यताका मनाइने दीपावली, छठ र बागमती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

प्रजिअ यादवले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्।

आगामी मंसिर १७ गतेसम्मका लागि जारी निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै स्थानीय तह, राजनीतिक क्षेत्र, उद्योग वाणिज्य/व्यापारिक संघसंस्था, सामाजिक संघसंस्था, सर्वसाधारण एवं सरोकार पक्षसँग जिप्रकाले अनुरोध गरेको छ।

कोरोना संक्रमणबाट रौतहटमा अहिलेसम्म १४ जनाले ज्यान गुमाइसकेको र १७४ सक्रिय संक्रमित छन्।

जिल्लाभरि सार्वजनिक खेलकूद, नाच, तमासा, मेला, भीडभाड हुने कार्यक्रम, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलूस र प्रदर्शन गर्नमा जिप्रकाले रोक लगाएको छ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा पनि दैनिक नित्य, पूजाराधनाबाहेक गतिविधि सञ्चालन नगर्न आदेशमा भनिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : ४० बजे

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा