जम्मु-कश्मीरमा खेलकुदको विकास गर्ने सल्लाहकार खानको प्रतिवद्धता  « Khabarhub

जम्मु-कश्मीरमा खेलकुदको विकास गर्ने सल्लाहकार खानको प्रतिवद्धता 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काश्‍मीर- जम्मु-काश्मीर गभर्नरका सल्लाहकार फारुक खानले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताएका छन् ।

जम्मु काश्‍मीर फुटबल एसोशियसन (जेकेएफए) र महिला क्रिकेटर टोलीले आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

जेकेएफएका महासचिव बशीर ए शाहको नेतृत्वमा ‘जम्मु काश्मीरमा खेल गतिविधि र टुर्नामेन्टको परिदृश्य तथा आगामी खेलकुदको तयारीको वर्तमान अवस्था’ विषयक अन्तर्क्रिया भएको हो ।

कार्यक्रममा जेकेएफएका प्रतिनिधि तथा महिला क्रिकेटरहरुले सल्लाहकार खानलाई आफूले खेल क्षेत्रमा गरिरहेका गतिविधिबारेमा जानकारी गराउँदै खेलकुदको विकासका लागि सहयोगको अपिल गरे । उनीहरुले विभिन्न सरकारी विभागहरुलाई समेत सहयोगका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

उनीहरूले खेलकुदको स्तरोन्नतिका लागि आवश्यक पहल गर्न समेत अुनरोध गरेका थिए । उनीहरुले खेलकुदको पूर्वाधार विकासका साथै केन्द्र तथा क्षेत्रमा चाहिने आवश्यक उपकरणहरुको बारेमा समेत जानकारी गराएका थिए ।

सल्लाहकार खानले जम्मु-कश्मीरमा खेल पूर्वाधार र अन्य खेल सम्बन्धी गतिविधिहरूको स्तरोन्‍नोति गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

संघले जम्मु काश्‍मीरमा खेलकुद सम्बन्धी गतिविधिहरुमा युवाहरुको चासो जगाउन महत्वपूर्ण भूमिका खेलेकोमा सल्लाहकार खानले प्रसंशा गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ५६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको