जम्मु-कश्मीरमा खेलकुदको विकास गर्ने सल्लाहकार खानको प्रतिवद्धता  « Khabarhub

जम्मु-कश्मीरमा खेलकुदको विकास गर्ने सल्लाहकार खानको प्रतिवद्धता 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काश्‍मीर- जम्मु-काश्मीर गभर्नरका सल्लाहकार फारुक खानले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताएका छन् ।

जम्मु काश्‍मीर फुटबल एसोशियसन (जेकेएफए) र महिला क्रिकेटर टोलीले आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।

जेकेएफएका महासचिव बशीर ए शाहको नेतृत्वमा ‘जम्मु काश्मीरमा खेल गतिविधि र टुर्नामेन्टको परिदृश्य तथा आगामी खेलकुदको तयारीको वर्तमान अवस्था’ विषयक अन्तर्क्रिया भएको हो ।

कार्यक्रममा जेकेएफएका प्रतिनिधि तथा महिला क्रिकेटरहरुले सल्लाहकार खानलाई आफूले खेल क्षेत्रमा गरिरहेका गतिविधिबारेमा जानकारी गराउँदै खेलकुदको विकासका लागि सहयोगको अपिल गरे । उनीहरुले विभिन्न सरकारी विभागहरुलाई समेत सहयोगका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

उनीहरूले खेलकुदको स्तरोन्नतिका लागि आवश्यक पहल गर्न समेत अुनरोध गरेका थिए । उनीहरुले खेलकुदको पूर्वाधार विकासका साथै केन्द्र तथा क्षेत्रमा चाहिने आवश्यक उपकरणहरुको बारेमा समेत जानकारी गराएका थिए ।

सल्लाहकार खानले जम्मु-कश्मीरमा खेल पूर्वाधार र अन्य खेल सम्बन्धी गतिविधिहरूको स्तरोन्‍नोति गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

संघले जम्मु काश्‍मीरमा खेलकुद सम्बन्धी गतिविधिहरुमा युवाहरुको चासो जगाउन महत्वपूर्ण भूमिका खेलेकोमा सल्लाहकार खानले प्रसंशा गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १ : ५६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत