माडीको बोटे सामुदायिक होमस्टे सञ्चालनमा « Khabarhub

माडीको बोटे सामुदायिक होमस्टे सञ्चालनमा


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ ।

माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् ।

मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिए । उनले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताए ।

प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ । अन्य दुई घरवास निर्माणको चरणमा छन् । आवश्यकतानुसार क्षमता बढाउँदै लैजाने तयारी गरिएको छ ।

घरवासको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको अध्यक्ष बोटले जानकारी दिए ।

माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा घरवास निर्माण गरिएको हो ।

शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने कोषाध्यक्ष जगनारायण बोटले बताए ।

घरवासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगरपालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : २५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ