नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, अध्यक्ष ओली अनुपस्थित « Khabarhub

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, अध्यक्ष ओली अनुपस्थित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी कन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनेपनि अहिले‍सम्म धुम्बाराही आइनपुगेको एक नेताले बताए । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा सहभागी नभएको ओली निकटका अर्का नेताले बताए ।

यसैबीच स्थायी कमिटी बैठकका लागि धुम्वाराहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलग रुपमा लाने भन्नेबारेमा नेताबीच सहमतिको प्रयास भए पनि ठोस परिणाम नआएको जनाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १ : ५२ बजे

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको

सिरहा– १ बाट रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिरहा– सिरहा– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका