नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, अध्यक्ष ओली अनुपस्थित « Khabarhub

नेकपा स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, अध्यक्ष ओली अनुपस्थित


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी कन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनेपनि अहिले‍सम्म धुम्बाराही आइनपुगेको एक नेताले बताए । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा सहभागी नभएको ओली निकटका अर्का नेताले बताए ।

यसैबीच स्थायी कमिटी बैठकका लागि धुम्वाराहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताबीच विवाद हुँदै आएको छ ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलग रुपमा लाने भन्नेबारेमा नेताबीच सहमतिको प्रयास भए पनि ठोस परिणाम नआएको जनाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १ : ५२ बजे

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको