स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र « Khabarhub

स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक आगामी मंसिर २८ गते बस्नेगरी सकिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । त्यस्तै बैठकले केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गते बस्ने निर्णय गरेको छ ।

आजको बैठकमा सहभागी हुने भनिएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएका थिएनन् । उनले स्थायी कमिटी बैठकमा एक पत्र पठाएको एक नेताले बताए ।

ओलीले पठाएको पत्रमा अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि स्थायी कमिटी बैठकमा छलफल हुन नसक्ने बताएका छन् । उनले आफू बैठकमा नआउनुको कारण प्रचण्डको प्रस्ताव भएको खुलाएका हुन् ।

ओलीले पठाउको पत्र स्थायी कमिटी बैठकमा ईश्वर पोख्रेलले पढेर सुनाएको र पत्रमा ओलीले आफनो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावलाई बैठकमा औपचारिक छलफल गर्न नसकिने धारणामा रहेकाले बैठकमा अनुपस्थित भएको उल्लेख रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओली बैठकमा उपस्थित नभएपछि अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ३ : ५७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस