देशभर २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना माकोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्।

१ हजार ७५२ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

थप १७ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ११, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३८, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ५६, सुनसरीमा २० र सोलुखुम्बुमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा २, महोत्तरीमा ३, रौतहटमा २, सप्तरीमा ५, सर्लाहीमा ३ र सिरहामा ५ जनामा कोरोना संकर्मण पुष्टि भएको छ।

त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा २३, धादिङमा ६, नुवाकोटमा २, भक्तपुरमा ५९, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ७४, सिन्धुलीमा १९ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८७, गोरखामा १२, तनहुँमा १३, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा ५, लमजुङमा १०, बागलुङमा १० र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा २५, नलवपरासीमा २, पाल्पामा १३, बर्दियामा २१, बाँकेमा २९, रुकुम पूर्वमा २, रोल्पामा ३ र रुपन्देहीमा ३५ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा १ र सल्यानमा १ जनामा कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३४, कञ्चनपुरमा १, कैलालीमा ५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा १, बझाङमा ११ र बैतडीमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ५ : ११ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा