अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक « Khabarhub

अदालतमा रिट परेपछि मालपोतद्वारा सेवा तालिका सार्वजनिक


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उच्च अदालतमा रिट परेपछि सुर्खेत मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

मालपोतले सेवा प्रवाहलाई सहज बनाउनुका साथै कोभिड–१९ को महामारीबाट सुरक्षित रहन यस्तो निर्णय गरेको हो ।

जिल्ला मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले हरेक साताको आइतबार, सोमबार चौकुने, बराहताल, चिङ्गाड, पञ्चपुरी, लेकवेशी र भेरीगङ्गा तथा मङ्गलबारदेखि शुक्रबारसम्म वीरेन्द्रनगर नगरपालिकाका सेवाग्राहीका लागि समय तोकिएको जानकारी दिए ।

सेवा तालिका आइतबारदेखि नै लागू भएको जनाइएको छ । यसअघि पहुँचका भरमा सेवाग्राहीले सेवा लिँदै आएका थिए ।

मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।  बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न मालपोत कार्यालयलगायत विपक्षीका नाउमा आदेश दिएको छ ।

रिट निवेदनमा मालपोतका साथै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : १० बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका